न्युयोर्क भ्रमणबारे परराष्ट्रमन्त्रीले भने- ‘एमसीसी प्राथमिकता लिस्टमा छैन’ [भिडियाे]

332

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगतै सिंहदरबार पुगेर पदबहाली गरेका छन् ।

पदबहाली गर्दै मन्त्री खड्काले सबै राष्ट्रसँगको सम्बन्धनलाई सन्तुलन कायम गर्दै सरकार अघि बढ्ने बताए । परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने उनले बताए ।

एमसीसीलगायतका विषयमा भएका कुराहरुसहित यसले पार्न सक्ने प्रभावलाई अध्ययन गरेर अघि बढ्ने उनले बताए । “एमसीसीबारे सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु,” उनले भने ।

बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्युयोर्क जाँदैछन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तर, भ्रमणको एजेन्डामा एमसीसी प्राथमिकताको एजेन्डा नभएको बताए । उनले भने,“राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।”

Share This:
सम्बन्धित खबर
Loading...