मिल्ने भए प्रचण्ड–माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे, २५ मा अटाउन समस्या भयो : ओली

112

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन् ।

‘श्वेतशार्दूल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे ।

“शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,”प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, “उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैछन् । पहिलाजस्तो ६५/६७ बनाउन सक्दैनन् । मिल्ने भए त भ्यागुता फुलाएभन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।”

सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उनको भनाइ थियो । “कार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...