सुदूरपश्चिममा गयाे भूकम्प

104

काठमाडौँ । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...