विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सुरु

321

काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । तनहुँको बन्दीपुरमा नेपाल कम्युनिस्ट पार्टीको ११औँ केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठक असोज ५ गतेसम्म चल्ने छ ।

बैठकमा केन्द्रीय कमिटीका ७६ सदस्य सहभागी हुने छन् । केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका ‘पूर्व जनमुक्ति सेना’का सदस्य र युवा गरी १५० जना रिसोर्टमा बसेका छन् ।

बैठक कक्षमा पत्रकारलाई प्रवेश निषेध र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एक नेताले जानकारी दिए । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ ।

विप्लव नेतृत्वको नेकपाले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय कमिटी बैठक गर्न लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...