माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : प्रचण्ड

252

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

पार्टीका तत्कालीन अपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बला नै आफूहरुले फरक मत राखेको बताए ।

प्रचण्डले मओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत गरे ।

“संगठन संरचना र विचार देशैभरि पुर्याएर जाने हो भने यो पार्टी फेरि एक नम्बरको पार्टी बन्छ,” प्रचण्डले भने,“शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो ।”

माओवादी ठुलो पार्टी बन्द्ध भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उनले उल्लेख गरेका थिए । माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरुलाई पहिलो पार्टी बनेर जबाफ दिएका उनको भनाइ थियो ।

दिवंगत नेता बोगटीलाई सम्झिँदै प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्किारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

“क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार छन्,” उनले भने,“जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।”

प्रचण्डले देश झन्डैझन्डै प्रतिगमन । प्रतिक्रन्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिरसमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...