जसपाका १७ प्रदेशसभा सदस्यले रोजे लोसपा

320

काठमाडौँ । जनता समाजवादी पार्टीका १७ जना प्रदेशसभा सांसद्ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । जनता समाजवादी पार्टी फुटेर लोसपा गठन भएपछि १७ प्रदेश सांसद्ले लोसपाका पक्षमा सनाखत गरेका हुन् ।

निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुनअनुसार प्रदेशसभा सदस्यका रुपमा मान्यता दिएको छ ।

आयोगका अनुसार प्रदेश २ प्रदेशसभाबाट जसपाका १६ सदस्य र सृुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपाका पक्षमा सनाखत गरेका थिए । उनीहरुलाई लोसपाका प्रदेशसभा सदस्यका रुपमा मान्यता दिइएको आयोगले जानकारी दिएको छ ।

जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरुमा जानकीकुमारी साह, गौरीनारयण साह, परमेश्वर साह सुडी, निलमदेवी भूमिहारीन, सुरिताकुमारी साह, जयनुल राइन, अलकाकुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पला कुमारी, पह्लाद गिरी गोछामी, उपेन्द्र महतो, अभिराम शर्मा, रानीकुमारी तिवारी र जितेन्द्रदेवकुमार सोनार छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सांसदमध्ये कृष्णबहादुर चौधरीले लोसपा रोजेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...