सभापति देउवाद्वारा केन्द्रीय निर्वाचन संयोजक यादवको राजीनामा अस्वीकृत

185

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत गरेका छन् ।

कांग्रेस सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साथै देउवाले यादवलाई महाधिवेशनसम्बन्धी बाँकी काममा लाग्न आग्रह समेत गरेका छन् ।

यादवले गत २३ भदौमा सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...