काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटलाई परिमार्जन गर्दै नयाँ बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्दै विधेयकमार्फत कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संसोधित बजेट सार्वजनिक गरेका हुन् ।
कुल रकम १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ ।
त्यस्तै, पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।