अर्थमन्त्री शर्माको स्पष्टोक्ति : सेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन

291

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको स्पष्ट पारेका छन् ।

आर्थिक अध्यादेश पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद् प्रेस सुवालले उठाएको प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले सेयर मूल्यको सन्दर्भमा कसैलाई पनि फोन नगरेको बताए ।

“मान्य सांसद्ले समाचारमा आएका केही विषयलाई लिएर प्रश्न उठाउनुभएको रहेछ,” सांसद् सुवालको प्रश्नको जबाफ दिँदै शर्माले भने,“तर, मैले सेयर मूल्य घटाउन वा बढाउनका लागि गभर्नरलाई फोन गरेको छैन ।”

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकाबीच जारी बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विनियोजन, राष्ट्र ऋण उठाउने र आर्थिक अध्यादेश पेस गर्दै छलफल समेत भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...