काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान दिउँसो ४ बजे बस्ने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ ।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी), चालु संसद्मा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।