एमालेले बोलायो संसदीय दलको बैठक

286

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमलेले संसदीय दलको बैठक बोलाएको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बैठक सन्न लागेको हो ।

संसद्‌मा कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो । एमालेले संसद् बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको पछिल्ला अभिव्यक्तिले पनि त्यसको संकेत गरेको छ ।

एमालेले कारबाही गरेका १४ जना सांसद्को सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रोशित छ ।

Share This:
सम्बन्धित खबर
Loading...