काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आज सुनुवाइ हुँदै छ ।
निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको सो रिटेको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ ।
एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमालेले कारबाही गरेका १४ सांसद् र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानुनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ ।