प्रदेश २ का थप दुई एमाले सांसद् एकीकृत समाजवादीमा

276

जनकपुरधाम । नेकपा (एमाले) का थप दुई प्रदेश सासद्ले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

आइतबार एमालेका प्रदशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद् संख्या १३ पुगेको छ ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरुले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।

११ जना सांसद्ले बिहीबार नै सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद् थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग ८ सांसद् मात्र छन् ।

Share This:
सम्बन्धित खबर
Loading...