छ्याङ्कुटी–दिदिङ सडक खण्ड सुचारू

370

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो आयोजनाको विद्युत्‌गृहस्थल पुग्ने छ्याङ्कुटी–दिदिङ सडक खण्ड सुचारू भएको छ ।

लगातारको वर्षापछि आएको पहिरोले बिहीबार रातिदेखि अरुण तेस्रोको विद्युत्‌गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अबरूद्ध भएको थियो ।

छ्याङ्कुटी–दिदिङ सडक खण्डको पहिरो हटाइएपछि शनिबार दिउँसोबाट सडक सुचारु भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिरोले अरुण तेस्रोको विद्युत्‌गृहस्थल पुखुवा र चिचिला गाउँपालिका जाने सडक खण्ड अबरुद्ध भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...