काठमाडौं । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परीक्षा सञ्चालन हुने पनि उनले बताए । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर, कोरोना जोखिमका कारण साउनमा स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।
कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।