जेठ २ मै ब्युँतिए एमालेका प्रदेश इञ्चार्ज

359

काठमाडौं । नेकपा (एमाले)ले प्रदेश तहमा १० बुँदे सहमति कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशनमा विभिन्न ३२ नेतालाई १० बुँदे सहमति कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।

उक्त जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार तोकिएको छ । त्यो बेला प्रदेश इञ्चार्जको भूमिकामा रहेका नेताहरुलाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न टोली बनाइएको छ ।

जसअनुसार प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णुप्रसाद पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा डा.भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ ।

यस्तै, जनसंगठनहरुमा ईश्वर पोखरेलको नेतृत्वमा टोली बनाइएको छ ।

जिम्मेवारी बाँडफाँट
प्रदेश १ : भीम आचार्य, सुवास नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ

प्रदेश २ : सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल, ज्वालाकुमारी साह

बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखेल

गण्डकी प्रदेश : किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा, लीलबहादुर थापा

लुम्बिनी प्रदेश : विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरी

कर्णाली प्रदेश : युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी

सुदूरपश्चिम प्रदेश : भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापा

जनसंगठन : ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझी

Share This:
सम्बन्धित खबर
Loading...