पार्टी कार्यालयमा पौडेल पक्षीय कांग्रेस जिल्ला सभापतिद्वारा धर्ना

323

काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन् ।

मंगलबार बिहान जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना गरेका हुन् ।

नुवाकोट जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्नेलगायत माग गरेर धर्ना गरिएको बताए ।

क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना निरन्तर रहने केसीले बताए । पहिलो दिन काठमाडौंमा उपलब्ध सभापतिले धर्ना दिइरहेको उनले बताए । बुधबारदेखि आलोपाले गर्दै ३/४ जना जिल्ला सभापतिले धर्ना दिने उनले बताए ।

त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्रै अन्तिम रुप दिनुपर्ने उनीहरुको माग छ ।

साथै उनीहरुले महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानको व्यवस्था लागु गरिनुपर्ने बताएका छन् । एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेको जिल्ला सभापतिहरुले आपत्ति जनाएका हुन् ।

कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको छ । क्रियाशील सदस्यताबारे विवाद हल गरेर सोमबार बेलसकीमात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...