यस्तो छ (एकीकृत समाजवादी) पार्टीेको घोषणापत्र [पूर्णपाठ]

348

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको बनेका माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)ले पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार पारेको छ ।

अध्यक्ष माधवकुमार नेपालले चन्द्रागिरि हिल्स रिसोर्टमा दुवै दस्तावेज केन्द्रीय सदस्यहरुलाई सोमबार बेलुकी वितरण गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो । माधवकुमार नेपाल नेतृत्वको पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद नै रहेको घोषणा पत्रमा उल्लेख छ । घोषणा पत्रमा भनिएको छ, ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हो । मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो ।’

त्यसैगरी पार्टी जनआधारित कार्यकर्ताको पार्टी बन्ने र संगठन निर्माण गर्दा युवापुस्तालाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ । त्यसमा पनि ४० वर्षमुनीकालागि समेट्न विशेष जोड दिइने उल्लेख गरिएको छ ।

नेता नेपालले वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी)लाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा परिचय गराएका छन्।

उनले घोषणा पत्रमा नेपाली समाजको वर्तमान अवस्थाबारे पनि टिप्पणी गरेका छन् ।

“नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको छ,” घोषणापत्रमा भनिएको छ, “यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ।”

नेकपा एकीकृत समाजवादी
Share This:
सम्बन्धित खबर
Loading...