तेस्रो धारका नेताहरु एमालेमै रहने

256

काठमाडौं । नेकपा (एमाले) विभाजनपछि माधवकुमार नेपालको नयाँ पार्टीमा नगएका तर नेपाल समूहमा रहेका नेताहरू एमालेमै रहने भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेको ‘तेस्रो धार’का नेताहरुसँगको छलफलपछि भोलि बिहान १० बजे स्थायी कमिटी बैठक बस्ने मिति तय गरिएको हो ।

एमाले महासचिव ईश्वर पोरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताए ।

उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरुपमा पार्टी एक ठाउँमा उभिने बताए ।

यस्तै बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले प्रवक्त प्रदीप ज्ञवालीले बताए । माधवकुमार नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो ।

“भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ । त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्ने छ,” उनले भने ।

विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...