त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोली भोलि ओमान जाने

393

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरजका लागि नेपाली राष्ट्रिय टोली मंगलबार ओमान प्रस्थान गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुन सक्ने बताएका छन् ।

टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् ।

सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुने छ । ओमानले पछिल्लो समय धेरै राम्रो गरिरहेको र अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको उनले बताए । नेपालसँग अनुभव प्राप्त खेलाडी कम भएकाले गाह्रो हुन्छ जस्तो लागेको उनको भनाइ छ । ओमानमा गर्मी बढी रहेको र डे नाइट खेल्ने भएकाले पनि केहि कठिन हुने उनले बताए ।

सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्ने छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सिरिजअघि पपुवा न्युगिनीसँग हुने खेल पनि महत्वपूर्ण रहेको बताए ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...