‘असल कम्युनिस्टबीच एकता आवश्यक’

89

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिस्ट पार्टी बनाउनका लागिएको जानकारी दिएका छन् । वाइसिएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिस्टहरुलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए ।

“नेपालमा कम्युनिस्ट एकता जरुरी थियो, आज पनि छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतालाई दुरुपयोग गर्नुभयो । अब असल कम्युनिस्टबीच एकता आवश्यक छ, सम्भव पनि छ । अब माओवादी केन्द्र एकाताको झन्डा बोकेर जनताबीच जान्छ र कम्युनिस्ट एकता सफल पार्छौँ,” उनले भने ।

अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशीतालाई जोगाउन कम्युनिस्ट र नेपाली कांग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...