तनहुँ । तनहुँमा पुनः निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले मंगलबारदेखि ७ गतेसम्मका लागि सो आदेश जारी गरेका हुन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो ।
कोभिड संकट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लङ्घन गर्नेलाई जरिबाना गरिन बताए ।
पसल खोल्ने समय अहिले घटाएर बिहान ५ बजेदेखि १० बजेसम्म मात्रै खोल्न र व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलाप भने पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।