दल विभाजन रोक्न ओलीको कदम– केन्द्रीय कमिटी सदस्य २६० पुर्‍याए

382

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर अद्यावधिकका लागि निर्वाचन आयोगमा सूची बुझाएको छ ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय कमिटीको संख्या बढाएको पत्र अयोगमा पुगेको छ ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र सदस्य बाबुराम दाहालसहितको टोली आज दिउँसो निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटिीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।

यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यी िकेन्द्रीय कमिटीमा रहेकोमा अब २६० सदस्यीय रहने गरी पार्टीको निर्णय पठाएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण निर्वाचन आयोगमा पठाइएको एमालेले जनाएको छ ।

तर, निर्वाचन आयोगको प्रक्रिया पूरा हुन अझै २–४ दिन लाग्ने आयोग स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...