काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन मंसिरमा गर्ने भएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने तय गरेको छ ।
आजको बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकेको छ ।
यस्तै, भदौ २ सम्म निर्वाचन निर्देशिका बुझाउने, भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ÷नगरपालिका, असोज १ मा प्रदेश क्षेत्र क÷ख, असोज ५ मा संघीय निर्वाचन क्षेत्र, असोज १० मा जिल्ला, असोज १२ मा प्रदेश र मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरिएको छ ।
भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो ।