पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

118

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ ।

शनिबारदेखि काठमाडौंको बत्तिसपुतलीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन पेस गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन् ।

मंसिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवम् नवीकरणको काम सम्मन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरुमा एकैदिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकैदिन गर्ने भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...