लुम्बिनीको प्रदेशको मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश

112

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासमा हुने आदेश जारी गरेको हो ।

यसमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेशमा भनिएको छ ।

एमाले लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरिले दायर गरेको रिटमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको दाबी गरिएको थियो । तर, रिटमाथि सुनुवाइ भएकै दिन प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भयो । अविश्वासको प्रस्ताव टुंगो नलाग्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

सर्वोच्चले यस मुद्दामा प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयलगायत विपक्षीसँग लिखित जबाफ माग गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...