पदाधिकारी बैठकअघि देउवाले आफूनिकट नेताहरुसँग छलफल गर्दै

289

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् ।

महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा आज दिउँसो बोलाइएको पदाधिकारी बैठकअघि उनी आफूनिकट नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवानिकट एक नेताका अनुसार दिउँसो बस्ने बैठकमा एउटा धारणा तय गर्नका लागि छलफल गनए लागिएको हो । उनका अनुसार अहिले केहीबेरमा बुढानिलकण्ठमा देउवाले छलफल गर्दैछन् ।

देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्षमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...