देउवालाई हात जोड्दै ओलीले भने, ‘मेरा मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज !’

347

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले माधव नेपाल समूहलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरुलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?” ओलीले भने,“हिरिक्क हिरिक्क भएका छन् विचारहरु मन्त्री खानका लागि प्लिज !”

देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने,“यति त गराइसक्नुभयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ स्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !”

Share This:
सम्बन्धित खबर
Loading...