काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले सरकारी कोषमा १ खर्ब ७३ अर्ब घाटा रहेको बताए ।
२०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा १ खर्ब ४३ अर्ब घाटा रहेको सञ्चि कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ अर्ब पुगेको बताएका हुन् । उनले श्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको पनि बताए ।
उनले आर्थिक वर्ष २०७७/७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि १ खर्ब ४३ सञ्चित कोष घाटामा रहेको बताए ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।
उनले सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको बताए ।
आर्थिक जानकारी पत्र - MInister