उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

420

काठमाडौं । उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नो हर्न अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ ।

उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो ।

यद्यपि, कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुनः अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टिकर चालकले देख्ने गरी अगाडि सिटमा टाँस गरिएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैदेखि उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...