काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
काठमाडौंमा बस्नेगरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपा नेता नवराज सुवेदीले बताए ।
यसअघि पार्टी एकीकरण भई जसपा बनेपछि हालसम्म केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । निर्वाचन आयोगले आफूलाई पार्टीको आधिकारिकता दिएसँगै अध्यक्ष यादवले बैठक बोलाएका हुन् । जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य छन् ।
कुल केन्द्रीय सदस्यमध्ये ५ सयभन्दा बढी आफ्नो पक्षमा रहेको दाबी यादव पक्षको छ ।