एमाले स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

127

काठमाडौं । नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठक एमालेको १०औँ महाधिवेशनको तयारीमा केन्द्रित हुने छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक र आह्वान गरेका छन् । त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आजको बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने जानकारी दिए ।

एमालेको विधान संसोधन दस्तावेज स्थायी समितिमा पेस हुने र त्यहाँबाट आनुमोदन भएपछि केन्द्रीय कमिटीमा पेस गर्ने कार्यसूची रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...