मन्त्री र सचिवहरुका गुप्त कोठामा सिसि क्यामेरा राखौँ : खिमलाल देवकोटा

332

काठमाडौं । राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सिसिटिभी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद् देवकोटाले मन्त्री र सचिव बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै उनीहरुको काम कारबाही देखिने गरी सिसि क्यामेरा राख्नु आवश्यक रहेको बताएका हुन् । यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यलय छोडेर एनजिओ, आइएनजिओको कार्यक्रममा जाने बनीमा सुधार ल्याउने देवकोटाले उल्लेख गरे ।

“यत्रो शासन व्यवस्था परिवर्तन भयो तर जनताले अपेक्षा गरे अनुसारको सेवा पाएनन् भन्ने ठूलो गुनासो छ । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंग निरन्तर क्रियाशील हुनुपर्छ । रचनात्मक हुन पनि जरुरी छ । पारदर्शी र जबाफदेहीता पनि त्यत्तिकै आवश्यक छ । यसै सन्दर्भमा एउटा काम यो सरकारले गरोस्, हाम्रै अध्यक्ष र संसद् सचिवलयले पनि लागु गरे हुन्छ,” देवकोटाले भने,“हरेक मन्त्रालयले मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेको काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिने गरी सिसि क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी दिएन । शासकहरु पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार नागरिकले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यलयले रातारत कागजहरु मिलाएर राति दुई बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन । यसले अनावश्यक भेटघाट रोक्छ । समयमै कार्यलय पुग्ने बानीको विकास हुन्छ । कार्यालय छाडेर एनजिओ, आइएनजिओका कार्यक्रम र अनावश्यकरुपमा रिबन काट्न जाने बानीमा सुधार ल्याउँछ ।”

उनले सरकार साझा नीति तथा कार्यक्रमबाट पनि विचलित हुन नहुने बताए । सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बन्नुपर्ने र संयन्त्रको सुझावलाई अक्षरश कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...