चार जिल्लामा आज ठाकुर पक्षीय जसपाको कार्यकर्ता भेला

387

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आज चारवटा जिल्लामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

ठाकुर पक्षले शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेला आयोजना लागिएको जनाएको छ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अगरिया, वृषेशचन्द्र लालले सम्बोधन गर्नेछन् भने झापामा केशब झा, सन्तोष मेहताले सम्बोधन गर्नेछन् ।

पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनाल, बिमल श्रीवास्तव अगुवा कार्यकर्ता भेलामा सहभागी हुनेछन् । कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको ठाकुर पक्षले जनाएको छ ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष कार्यकर्ता भेलामा व्यस्त बनेको हो ।

उक्त पक्षले साउन २२ गतेदेखि भदौ ९ गतेसम्म अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...