माधव नेपाल समूहलाई ज्ञवालीको जबाफ : पार्टीको नियमित काम रोकिँदैन, छलफल चलिरहन्छ

141

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले माधवकुमार नेपाल पक्षले रोक्नु भन्दैमा पार्टीको गतिविधि नरोकिने प्रष्ट पारेका छन् । उनले पार्टीका नियमित कामहरु अगाडि बढ्ने बताएका हुन् ।

नेपाल समूहले सदस्यता नवीकरणलगायतका काम रोक्न आग्रह गर्दै आएको छ । त्यसप्रति प्रतिक्रिया दिँदै ज्ञवालीले भने, “पार्टीका नियमित कामहरु अगाडि बढ्छन् । छलफल पनि चलिरहन्छन् ।”

उनले छलफलको नाममा आफूहरु अनन्तकालसम्म पार्टीको कामलाई रोक्ने, पार्टी गत्यावरोधमा जाने, स्थानीय चुनाव नजिक आउन थालिसकेकाले त्यसबारेमा कुनै पनि तयारी नहुने, पार्टीको महाधिवेशन गर्नुपर्ने समय नजिक आइसकेकाले त्यसको बारेमा कुनै पनि तयारी नहुने कुराको पक्षमा नरहेको बताए ।

“सत्तापक्ष आक्रामकरुपमा प्रस्तुत भयो । हुन थालिसक्यो । जनतासँग जोडिएको महत्वपूर्ण विषयहरुलाई उल्ट्याउन थाल्यो या विभिन्न खालका जनविरोधी क्रियाकलाप सुरु गर्न थाल्यो । त्यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि गनए नदिइकन हातखुट्ट बाँधेर बस भन्ने कुराचाहिँ नेकपा एमालेको हितको सुझाव होइन । नेकपा एमालेको हितमा नभएको सुझावहरु स्वीकार्य हुने कुरा भएन,” शुक्रबार विधान महाधिवेशनबाट संसोधन गर्ने विधानका विषयका छलछफल गर्न आयोजित बैठकपछि उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...