माओवादी केन्दको स्थायी कमिटी बैठक बस्दै

139

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाका दिउँसो ४ बजेका लागि बस्ने गरी बैठक बोलाइएको छ ।

स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन कार्यदलले तयार पारेका सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराइने भएको छ ।

शुक्रबार बिहान कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको थियो ।

नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बुझाएको ‘न्यूनतम साझा कार्यक्रम’मा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुले पालना गर्नुपर्ने आचार संहिता पनि बनाइएको छ । उक्त आचार संहिता १४ बुँदाको रहेको छ ।

यस्तै, कार्यदलले सरकार सञ्चालनका लागि १० बुँदे कार्यविधि पनि बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...