स्पष्टीकरण सोध्ने सरकारको निर्णयपछि रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले पोखे आक्रोश

242

काठमाडौं । सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् ।

उनले बुधबार प्रधानमन्त्री शेर बहादु देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालप्रति फेसबुकमार्फत आक्रोश पोखेका हुन् ।

बुधबार आफ्नो फेजबुकमा स्टाटस लेख्दै उनले आफूलाई स्पष्टीकरण सोधिएकामा आपत्ति जनाएका छन् । “शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कमसेकस सचिव स्तर बाट उठ्नु पर्छ,” उनले प्रश्न गरेका छन्,“तर मन्त्रालयमा फाइल नल्याइ, मन्त्रिपरिषद्को विधि उलंघन गरेर ठाडो आदेशमा गुरु भट्टराइलाई २८ दिने सरकारले स्पष्टीकरण दिने ?”

उनले आफ्नो गल्ती पुुष्टि गर्न चुनौती पनि दिएका छन् । “मुलुकको हितमा काम गर्दा म अपराधी वा बाधा खडा गर्ने भएछु भने फाँसी लगाऊ ।”

लगत्तै अर्को स्टाटस लेख्दै उनले प्रधानमन्त्री शेर बहादुर देउवामाथि टिप्पणी गरेका छन् । देउवाले आफ्नो सालोलाई एजेन्ट बनाएर मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको भनेर तत्कालीन शाही आयोगले थुनामा पठाएको भन्दै उनले लेखेका छन् ,“अहिले गुरु भट्टराईले विभिन्न योजनामा चलखेल गरेकोले स्पष्टीकरण सोधिएको भन्ने छ । नेपाल रेल्वे कम्पनिले आयोजना समबन्धित काम गर्दैन ।”

आफूले पूर्वप्रधानमन्त्रीको सपना साकार बनाउन जिम्मेवारी स्वीकारेको पनि उनले प्रष्ट पारेका छन् ।

उनले माधव नेपाल, प्रचण्ड र देउवाले आफूलाई किन नेता बनाउन खोजिरहेका छन् भनेर पनि आश्चर्य प्रकट गरेका छन् । उनले चेतावनी दिँदै लेखेका छन्,“तर, गुरु भट्टराईले राजनीतिक पार्टीको सदस्यता लियो भने तिनको चिहान खन्ने काम त्यही दिनबाट सुरु हुन्छ । प्रष्ट भए हुन्छ ।”

उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाव रहेको भन्दै प्रश्न गरेका छन्,“गुरु भट्टराइ देखेर तीन कान्ला हामफाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?”

उनले माधव नेपाललाई चुनौती दिँदै लेखेका छन्,“माधव नेपाल कहाँ बाट चुनाव लड्छन्, २ महिना म त्यहँँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु।”

उनले माधव नेपाललाई ‘राजनीतिक क्यान्सर’को संज्ञा दिँदै काटेर फाल्न आवश्यक रहेको टिप्पणी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...