संघीयताबारे सरकार नै अनभिज्ञ छ : बिडारी

305

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफैँ अनभिज्ञ रहेको टिप्पणी गरेका छन् ।

संघीय सांसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले संघीयताबारे सरकार आफैँ अनभिज्ञ रहेको दाबी गरे । सांसद् बिडारीले अहिलेको ‘ब्युरोक्रेसी’समेत संघीयताको बारेमा जानकार नरहेको बताए ।

आफूले संघीयताको बारेमा पटक–पटक भन्ने गरेको स्मरण गराउँदै उनले भन्ने,“हाम्रो अहिलेको ब्युरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार संघीयताको बारेमा अनभिज्ञ ।” संघीयताको बारेमा उसले जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र देशको ब्युरोक्रेसी यसबारेमा अनभिज्ञ रहेको सांसद् बिडारीको तर्क छ ।

“अन्तको संघीयताको अभ्यास हाम्रोमा अभ्यास भएन । हाम्रो देशमा थिएन,” बिडारीले प्रश्न गरे,“बिचरा, सरकारको दिमागमा कसरी संघीयता छ भन्ने सोच आओस् ?” कानुनका जानकार उनले नेपालमा कतिवटा ऐन छन् भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकीरसमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...