पूर्वमाओवादी नेताहरुको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार [पूर्णपाठ]

250

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रले सांसद् पदबाट निष्कासन गरेका ४ नेतालाई सांसद् पदमा पुनःवहाली गर्न अस्वीकार गरेको छ ।

आफूलाई दल त्यागमा पार्टीले गरेको कारबाही खारेजी गरी सांसद् पदमा पुनः वहाली माग गर्दै टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरुले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा उनीहरु एमालेका पार्टी सदस्य रहेको खुलेको, उनीहरुले दल त्याग गरेको जानकारी चैत २६ गते प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको उक्त इजलासले जनाएको छ ।

“यस अवस्थामा माओवादीले आफ्नो विवेक वा तजविज प्रयोग गरी दल त्यागमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरुको निरुपण गर्नु मानसिव देखिँदैन,” इजलासले भनेको छ, “सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिन आएन ।”

पूर्वमाओवादी नेता
Share This:
सम्बन्धित खबर
Loading...