काठमाडौं । राष्ट्रियसभाकी सदस्य कोमल वलीले महाकाली नदीमाथि तुइन काटिएको घटनालाई लिएर सरकारले भारतसँग हिम्मतका साथ कुन गर्न नसकेको बताएकी छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
“नेपाली युवा जयसिंह धामीले तुइन तर्न एक मिटर मात्रै बाँकी हुँदा एसएसबीले काटेको कुरा आइसकेको छ । प्रत्यक्षदर्शीले पनि यो कुरा भनिसकेका छन्,” उनले भनिन्,“एसएसबीले तुइन काटेपछि नेपाली युवा बेपत्ता भएका कुरा छर्लङ्ग भइसरकेको छ । यो जति भत्र्सना गरे पनि कम हुन्छ । मानवतासविरोधी र क्रुर अनि लज्जास्पद पनि छ ।”
उनले सरकारलाई समिति बनाएर मात्रै नबस्न पनि आग्रह गरिन् । “नेपाल सरकारले समिति मात्रै बनाएर बस्ने कि हिम्मत बनाएर भारतलाई सोध्ने पनि,” उनले भनिन्,“कि यो सरकारले भारत सरकारसँग ‘कम्फर्टेबल’ बनाउन खोजेको हो ?”