एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

177

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

साउन १६ गतेदेखि सुरु भएको बैठकले आइतबार विधान संशोधन महाधिवेशनलगायतका निर्णय गरेको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए भने माधव नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।

Share This:
सम्बन्धित खबर
Loading...