नयाँ शक्तिले भन्यो एमसिसी राष्ट्रघाती, अगाडि बढाए कठोर संघर्ष गर्ने

291

काठमाडौं । नयाँ शक्ति पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसी अस्वीकार गर्न सरकारलाई आग्रह गरेको छ ।

एमसिसीले नेपाल र नेपाली जनताको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर आघात पुग्ने ठहर गरेको छ । एमसिसी परियोजनाका कारण मिलेर बसेको नेपाली समाज ध्रुवीकरणतर्फ उन्मुख भएको समेत नयाँ शक्तिले बताएको छ ।

“परराष्ट्रविददेखि आम देशभक्त नागरिकहरुले एमसिसीका विरुद्ध बुलन्द गरिरहेको जनमतको पक्षमा नयाँ शक्ति पार्टी दृढतापुर्वक उभिएको छ,” नयाँ शक्तिले भनेको छ, “हाम्रो पार्टी देशभक्त र स्वाभिमानी नेपाली जनताको पक्षमा छ, यदि जबर्जस्ती विवादास्पद ,राष्ट्रघाती र जनचाहनाविपरीत रहेको एमसिसी परियोजनालाई लागु गर्न खोजिए जस्तोसुकै प्रकारको आन्दोलन, विद्रोह र लडाइँ लड्न हामी तयार हुने छौँ ।”

नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक रविकिरण हमालले मध्यरातमा वक्तव्य जारी गर्दै सम्पूर्ण देशभक्त र स्वाभिमानी नागरिकहरुलाई एकताबद्ध भएर राष्ट्रघाती एमसिसी परियोजनाका विरुद्ध आवाज बुलन्द गर्न, सडक संघर्षमा उत्रन र आवश्यक परे बलिदानका लागि तयार रहन अपील गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...