काठमाडौं । नेकपा (एमाले)ले दार्चुला घटनामा भारतीय पक्षसँग जानकारी माग्न सरकारलाई माग गरेको छ ।
आइतबार स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिअनुसार दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।
“दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेका बेला तुइनको लठ्ठी चुँडाउने र उलिीँदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रुर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामू प्रस्तुत गर्न,” विज्ञप्तिमा भनिएको छ,“त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।”