ओलीले भने– देउवा सरकार ‘प्रतिगामी’ हो, दादागिरी देखाउन सुरु भइसक्यो

386

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।

तुल्सीलाल अमात्यको २४औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखि नै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । “दमन गर्ने काम भइसक्यो, खाना खान नदिएर रोक्ने काम भइसक्यो । भद्दा राजनीतिकरण सुरु भइसक्यो,” ओलीले भने,“यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सबै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौँ ।”

उनले आफ्नो पार्टीलाई प्रतिपक्षमा पुर्‍याएर माधव नेपाल पक्षले सरकारमा जान खोजेको भन्दै आक्रोश व्यक्त गरे । “सरकारबाट पछारेको छ भुँईमा । प्रतिपक्षमा पुर्‍याएर सत्तापक्षकै नेता भनेर हिँडेको छ फेरि । योभन्दा निर्लज्ज के हुन्छ,” उनले भने ।

नेता नेपालले प्रतिगमनलाई सच्याउन भन्दै फेरि प्रतिगमन गरेको आरोप ओलीले लगाए । उनले आफ्नो कदमलाई असंवैधानिक भनेर विरोध गरेर नेपाल पनि संविधानविपरीत हिँडेको टिप्पणी गरे । ओलीले भने, “प्रतिगमन भनेको छ । फेरि प्रतिगमन नै गरेको छ । असंवैधानिक भनेर फेरि असंवैधानिक काम नै गरेको छ ।”

ओलीले तुल्सीलालका खास अनुयायी आफूहरु भएको दाबी पनि गरे ।

“आन्दोलन र अथक संघर्षको पर्याप्त हुन् तुल्सीलालहरु । उहाँहरुले सिर्जना गरेको आन्दोलनका उत्ताराधिकारी हामी यो आन्दोलनलाई कमजोर बनाउन दिँदैनौँ,” ओलीले भने,“तर, आन्दोलनलाई कमजोर बनाउन खोज्ने, अग्रगमन र परिवर्तनका विरुद्ध लागिरहेका हुन्छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...