काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक विघटित कार्यदलका सदस्यहरुको आग्रहमा स्थगित भएको थियो । कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि थप छलफल पछि बैठक राख्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो ।
कार्यदलमा दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको बताइएको छ । दुई अध्यक्षका विषयमा भने अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सकरात्मक देखिएका छैनन् ।
दोस्रो तहका नेता जसरी पनि पार्टीलाई एक गराउनुपर्ने पक्षमा देखिँदा अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाल भने एक अर्कामाथि गाली गलौजमा उत्रिएका छन् ।