पूर्वप्रधानमन्त्री नेपालले भारतको ध्यानाकर्षण गराउँदै भने– तुइन काट्नेलाई कारबाही होस्

250

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

अखिल फोर्सको भेलामा शनिबार पूर्वप्रधानमन्त्री नेपालले उक्त घटनाको नेपाल सरकारले छानबिन गर्नुपर्ने बताए । उनले भारत सरकारलाई उक्त घटनामा सहभागीलाई कारबाही गर्नका लागि पनि ध्यानाकर्षण गराएका छन् ।

“घटनामा संलग्नलाई कारबाही गरोस् भनेर म भारत सरकारको ध्यानकर्षण गर्न चाहन्छु । नेपाल सरकारलाई पनि यो विषय उठाउन सुझाव दिन चाहन्छु,” नेपालले भने,“म शेर बहादुर देउवालाई विशेष आग्रह गर्न चाहन्छु ।

Share This:
सम्बन्धित खबर
Loading...