एमाले स्थायी कमिटी बैठक बस्दै

191

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने गरी बैठक डाकिएको हो ।

एमाले कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने छ ।

आजको बैठकले पार्टीको केन्द्रीय विभागलाई पूर्णता दिने तयारी गरेको छ । तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीको विषयमा पनि छलफल हुने छ ।

यस्तै, बैठकमा पार्टी सदस्यता र नवीकरणको तथा वितरणको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...