पार्टीको विवाद अनन्तकालसम्म लम्ब्याउनु हुँदैन : महासचिव पोखरेल

153

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीको विवाद लम्ब्याउन नहुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले आज साँझसम्म आन्तरिक विवाद समाधान हुने बताएका छन् ।

उनले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव दुवैतर्फका नेताहरुले नेतृत्वसँगको परामर्शमा तयार पारेर अनुमोदन गरेपछि अरु प्रस्ताव दिनहुँ सार्वजनिक हुँदा यसले पार्टी एकता हुने वातावरण नबनाउने बताए ।

“अधिकतम कोशिश गर्ने नाममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन । देशभरका नेता कार्यकर्ताहरुले व्यक्त गर्नुभएको धारणमा हामी टुंगोमा पुग्छौँ,” उनले भने ।

दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा उनले पार्टीको विधान अनुसार हुनुपर्ने बताए । “पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो । तर, त्यो अधिकतम लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...