काठमाडौं । पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारबाहीलाई चुनौती दिँदै सांसद्का रुपमा कायम रहन मागदाबीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।
पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदनमा शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।
उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
उनीहरुले नेकपा (एमाले)मा प्रवेश नगरेकाले माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि चारजना नेता एमालेमा रहने निर्णय गरेका थिए । पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई सांसद् पदबाट बर्खास्त गरेको थियो ।