जसपाले संसदीय दलेको नेता शनिबार छान्ने

200

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता शनिकार चयन गर्ने भएको छ । बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

यद्यपि संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । जसपाले दलको नेता सकेसम्म समहतिमा छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय गरेको छ ।

तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरुको छानबिन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ ।

त्यसैगरी अनुशासन समितिको संयोजक नरसिंह चौधरीलाई तोकिएको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...